किसान रुवाउने बिचौलियालाई तत्काल हतकडी लगाएर थुन्नुस् : सांसद शाही


२२ माघ २०७९, आईतवार
gyanendra shahi

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले भारतबाट आउने तरकारी तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले किसान रुवाउने बिचौलियालाई हतकडी लगाएर थुन्न कृषि तथा पशुपक्षीमन्त्री ज्वालाकुमारी साहलाई यस्तो आग्रह गरेका हुन् ।

उनले चितवनका किसानले मूल्य नपाएर सडकमा तरकारी फालेको घटनालाई स्मरण गर्दै उनले किसान रुवाउने र बजार कब्जा गर्ने बिचौलियालाई तत्काल कारबाही गर्न ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७