बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


२९ माघ २०७९, आईतवार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार उक्त सुन तालोमा एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७