दक्षिण कोरियाको १७ सदस्यीय टोली नेपालमा, भोलि उच्चस्तरीय भेटवार्ता


२९ माघ २०७९, आईतवार
korea

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सक यलका राजनीतिक सल्लाहाकार जाङ सङ मिन नेतृत्वको १७ सदस्यीय टोली नेपाल आइपुगेको छ । उक्त टोली आइतबार साँझ साढे ५ बजे काठमाडौं आइपुगेको हो ।

कोरियन एयरलाइन्सको ६९५ नम्बरको उडानबाट उनीहरू काठमाडौं ओर्लिएका हुन् । भ्रमण टोलीको नेतृत्व गर्ने जाङ दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा वरिष्ठ सचिव हुन् । उनी कोरियाली राष्ट्रपति युनको विश्वास पात्रका रुपमा काम गर्दै आएका छन् । जाङ विदेश मामिलाको नीति बनाउन कोरियाली राष्ट्रपतिलाई सहयोग गर्दै आएका छन् ।

भ्रमण टोलीमा कोइकाका अधिकारीहरू, श्रम मन्त्रालयका अधिकारी, वल्ड एक्पो २०३०का वरिष्ठ अधिकारी, सामसुङ इलेक्ट्रोनिक्सका अधिकारीसहितको १७ जनाको टोली छ । कोरियाली प्रतिनिधि मण्डलको टोलीले सोमबार नेपालमा उच्चस्तरीय भेटवार्ता गर्नेछ ।

प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला पौड्याल, उद्योगमन्त्री दामोदर भण्डारीलगायतसँग भेट कोरियन टोलीले भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जाङ नेतृत्वको टोली मंगलबार बंगलादेश प्रस्थान गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७