श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित


१ फाल्गुन २०७९, सोमबार
srilanka u7ZeWlSLv0

काठमाडौँ । श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले आइतबार सरकारी अस्पतालहरूमा अत्यावश्यक एवं अन्य किसिमका शल्यक्रियाहरू स्थगित गरिएको घोषणा गरेका छन् । मन्त्रीका अनुसार यी अवरोध अस्थायी प्रकृतिको हो सेवा पुनः छिट्टै सञ्चालन गरिने छ ।

श्रीलङ्का मेडिकल एसोसिएसन, राष्ट्रिय व्यावसायिक चिकित्सा संघले औषधि, सर्जिकल उपकरण र प्रयोगशालामा प्रयोग हुने रसायनको अभावलाई अहिले नै सम्बोधन नगरे देशको स्वास्थ्य क्षेत्रले केही साताभित्रै गम्भीर सङ्कटको सामना गर्ने चेतावनी दिएपछि यो निर्णय सार्वजनिक भएको हो ।

विदेशी मुद्राको भुक्तानी सन्तुलनको सङ्कटका कारण श्रीलङ्काले सन् २०२२ देखि चिकित्सा अभावको सामना गरिरहेको छ र गत वर्ष बढ्दो मुद्रास्फीतिका कारण औषधिको मूल्य पनि बढेको छ । श्रीलङ्का देशको औषधि आवश्यकताको लगभग ८५ प्रतिशत र यसको चिकित्सा आपूर्तिको लगभग ८० प्रतिशत आयातमा निर्भर रहने गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७