सुर्खेतमा मृत्तकका आफन्तसँगको झडपमा प्रहरी घाइते, चार राउण्ड अश्रुग्यास प्रहार


१ फाल्गुन २०७९, सोमबार
birendranagar

सुर्खेत । दुर्घटनामा एक महिलाको ज्यान गएको विषयमा भएको प्रदर्शनका क्रममा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् ।

आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्‍याएको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडप हुँदा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

मृतकका परिवार र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा विहानैदेखि वार्ता भइरहेको छ प्रजिअ सापकोटाले बताए । ‘केही भट्काउ समूहले उग्रता मच्चाएपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्ने आदेश दिइएको छ’, उनले भने, ‘ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ, बजारक्षेत्रको स्थिति सामान्य बन्दैछ ।’

आइतबार बसको ठक्करबाट जाजरकोटकी नदी रावतको मृत्यु भएको थियो । आफन्तहरुले उक्त घटनाका दोषीलाई कारबाही र राहतको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७