रक्षामन्त्री उप्रेती र भारतका समकक्षी सिंहबीच बैंग्लोरमा भेटवार्ता


१ फाल्गुन २०७९, सोमबार
hari upreti

काठमाडौँ । नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती र भारतका समकक्षी राजनाथ सिंहबीच भारतको बज्ञैंग्लोरमा भेटवार्ता भएको छ । भारतको बैंग्लोर सहरमा सोमबारबाट सुरु भएको ‘एरो इण्डिया–२०२३’ मा सहभागिता हुन पुगेका रक्षामन्त्री उप्रेती र रक्षामन्त्री सिंहबीच साइडलाइनमा भेटवार्ता भएको हो ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त नेपालको तर्फबाट रक्षामन्त्री उप्रेतीसहित बलाधिकृत रथी सरोजप्रताप राणा र रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी पनि उपस्थित थिए । उक्त एरो इण्डिया–२०२३ को भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् ।

भारतीय सेनाको एयर फोर्स रहेको स्थानमा हुन लागेको उक्त कार्यक्रममा नेपाली रक्षा मन्त्री उप्रेतीले भारतले निर्माण गरेका सैन्य हातहतियारहरुको अवलोकन गर्ने छन् । उप्रेती फागुन ५ मा फर्कने कार्यक्रम छ । उनी बैंग्लोरबाट दिल्ली जाने छन् र त्यहाँबाट नेपाल आउने कार्यक्रम छ । भारतले आयोजना गरेको यो १४ औं ‘एरो इण्डिया’ को हो । भारतले पछिल्लो समय सैन्य हातहतियारमा समेत ‘मेक इन इण्डिया’ लाई जोड दिइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७