यातायात मजदुरको उग्र आन्दोलनपछि बालाजुका डीएसपी विष्टको जिम्मेवारी खाेसियो


२ फाल्गुन २०७९, मंगलवार
Gadi aagajani

काठमाडौं । यातायात मजदुर–व्यावसायीको उग्र आन्दोलनका कारण सोमबार सिर्जना भएको तनावपछि प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई जिम्मेवारीबाट हटाइएको छ । सोमबार यातायात मजदुरले बालाजु, नयाँ बसपार्क क्षेत्रमा गरेको आन्दोलनलाई नियन्त्रणमा लिन नसकेपछि उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको हो ।

उनको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ । आन्दोलनका क्रममा बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड भएको थियो ।

घटनापछि देखिएको आवश्यकता अनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन उपत्यका प्रहरी कार्यालयले विष्टलाई जिम्मेवारीबाट हटाएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले जानकारी दिएका छन् । ट्राफिक प्रहरीले जरिवाना बढाएको भन्दै भएको प्रदर्शनले उग्र रुप लिँदा बसपार्क, माछापोखरी लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । बसपार्कमा भिडले मोबाइल पसलमा छिरेर लुटपाट समेत गरेको थियो । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७