टुँडिखेलमा मनाइयो सेना दिवस {फोटो फिचर}


६ फाल्गुन २०७९, शनिबार
sena diwash 3 scaled

काठमाडौं । सेना दिवसको अवसरमा आज (शनिबार) नेपाली सेनाले काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी भएका छन् । कार्यक्रममा नेपाली सेनाले सैनिक कौशल प्रदर्शनी गरेको थियो ।

sena diwash 1

वि.सं. २०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ । नेपाली सेनाले कार्यक्रममा राइफल र तोपबाट महाशिवरात्रिको बढाईं समेत गरेको छ ।

sena diwash 2

सेनाको व्यवसायीक कार्यकुशलतासँगै पिटी, तेक्वान्दो, सुट टू किल, कुकलद, रौद्र ताण्डप, खुकुरी ड्रिल प्रस्तुत गरिएको थियो । सेनाले हेलिकप्टरबाट ब्यानर प्रदर्शन र प्याराुट खसालिएको थियो । सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।
हेर्नुस् तस्वीरहरु

sena
sena 1
sena 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७