ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुग्यो, ४० जना अझै बेपत्ता


१० फाल्गुन २०७९, बुधबार
brazil

काठमाडौं । । ब्राजिलको साओ पाउलो राज्यको तटीय शहरहरुमा हालै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । पहिरोमा अझै ४० बढी बेपत्ता रहेकाले खोजी कार्य जारी छ ।

साओ पाउलोको पुर्वी तटीय क्षेत्रमा भारी वर्षापछि पहाड र चट्टानका मुहानहरु खस्दा ७ सय ५० घर पुरिएका थिए । पहिरोमा मृत्यु हुनेमा अधिकाश बालबालिका रहेका छन् । भारी बर्षा साताभर जारी रहेकाले थप क्षति हुन नदिन जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

पहिरोका कारण अवरुद्ध भएको सडक खुलाउन अझै केही समय लाग्ने बताइएको छ । ब्राजिलमा ९० लाख सर्वसाधारण बाढी र पहिरोको जोखिममा रहेको र बर्षेनी सयौंको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७