बालेन शाह भन्छन्–मलाई मेयरबाट राजीनामा दिन लगाउन खोजिँदैछ


१३ फाल्गुन २०७९, शनिबार
Balen sha 1

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूलाई राजीनामा दिन लगाउन खोजिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले यस्तो दाबी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लगाउन खोजिँदैछ । यो देश कहिले पनि बन्दैन ।’ मेयर शाह सामाजिक सञ्जालमा दिने अभिव्यक्तिका कारण बेलाबेलामा चर्चा र विवादमा आउने गरेका छन् । उनले सामाजिक सञ्जालमा दिने अभिव्यक्ति राजनीतिक दलप्रति लक्षित हुने गरेको छ । यस्तैमा उनले विकास विरोधीहरुले आफ्नो खुट्टा तान्ने खोजेको समेत गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७