ट्याक्टरको ठक्करबाट बालकको मृत्यु


१३ फाल्गुन २०७९, शनिबार
accident 2

बागलुङ । बागलुङको ढोरपाटनमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–६ चामिद्वारमा ध १त ५११ नम्बरको ट्याक्टरले ठक्कर दिँदा आज साँझ सोही गाउँका १३ वर्षका लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको हो ।

बालकलाई ठक्कर दिने ट्याक्टर र चालक कसम पुनमगरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

चामिद्वारमा बालुवा झारेर बुर्तिबाङ फर्किँदै गरेको ट्याक्टरले विकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बालक भने बारीमा मल फालेर घर फर्कदै गरेको खड्काले बताए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७