स्ववियु निर्वाचन प्रक्रिया आजबाट शुरु हुँदै


१९ फाल्गुन २०७९, शुक्रबार
Tribhunvan University TU

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आज (शुक्रबार) देखि शुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आउँदो चैत ५ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आजबाट शुरु हुन लागेको हो ।

सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले आज दिउँसो ३ बजेभित्र दर्ता गर्नुपर्नेछ  । फागुन २१ गते मतदाता नामावली प्रकाशन हुनेछ भने नामावलीमा फागुन २५ गते दिउँसो १ बजेभित्रमा दाबी विरोध गर्न पाइनेछ । दाबी विरोधमाथि छानबिन गरेर सोही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

फागुन २६ गते प्रत्यक्ष र समानुपातिकतर्फका उमेदवारको मनोनयनपत्र वितरण गर्ने कार्यतालिकामा उल्लेख छ । २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन गरिनेछ । सोही दिनको साँझ ५ बजेसम्ममा प्रत्यक्षतर्फका उमेदवारको नामावली प्रकाशन गर्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।

फागुन २८ गते बिहान ११ देखि दिउँसो २ बजेभित्रमा प्रत्यक्षतर्फका उमेदवारमाथि दाबी विरोधको समय छ । सोही दिन दाबी विरोधमाथि छलफलपछि अन्तिम नामावली प्रकाशन गरिनेछ । प्रत्यक्षतर्फ उमेदवारी दिएकाले २९ गते दिउँसो १ बजेसम्म फिर्ता लिने समय तोकिएको छ । सोही दिन दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका छ । चैत ५ गते बिहान ८ बजेदेखि त्रिविका देशभरका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७