अक्सिजन प्लान्टमा विष्फोट हुँदा बंगलादेशमा ६ को मृत्यु, २२ जना घाइते


२१ फाल्गुन २०७९, आईतवार
Oxyegen Plant Blast in Bangladesh

काठमाडौं । बंगलादेशको चट्गाउँ नजिक एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा ६ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

चट्गाउँबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डा भन्ने स्थानमा रहेको अक्सिजन प्लान्टमा स्थानीय समयअनुसार शनिबार अपराह्न करिब साढे ४ बजे विष्फोट भएको थियो । विष्फोटपछि प्लान्टमा आगो लागेको थियो । अग्नि नियन्त्रक टोलीले गए राति ८ बजेतिर मात्र आगो नियन्त्रणमा लिन सकेको थियो । खोज तथा उद्धारको काम भने राति अबेरसम्म पनि जारी रह्यो ।

समाचार एजेन्सी रोयटर्सले विष्फोटमा परी कम्तिमा ६ जनाको मृत्यु भएको जानकारी दिएको छ । प्रहरी अधिकृतहरुले २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् । घटनाबारे पीडित परिवारलाई जानकारी दिन स्थानीय प्रशासनले सूचना केन्द्र स्थापना गरेको छ । सन् २०२२ को ४ जूनमा बंगलादेशमा अक्सिजन प्लान्ट नजिकको बीएम कन्टेनर डिपोमा विष्फोट हुँदा ५० जनाको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७