दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीमा घट्यो


२२ फाल्गुन २०७९, सोमबार
south korea pMOLfcIal1

काठमाडौं । दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा फेब्रुअरीमा चार महिनायता पहिलो पटक गिरावट आएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।

बैङ्क अफ कोरियाका अनुसार फेब्रुअरीको अन्त्यमा विदेशी मुद्रा सञ्चिति ४२५.२९ अर्ब अमेरिकी डलर रहेको छ जुन अघिल्लो महिनाको तुलनामा ४.६८ अर्ब डलरले कम हो । योसँगै बलियो डलरले गैर–डलर सम्पत्तिहरूको रूपान्तरण मूल्य घटाएको छ ।

देशको विदेशी सञ्चितिमा ३७४ अर्ब ४९ करोड डलर धितोपत्र, २६ अर्ब ७५ करोड निक्षेप, १४ अर्ब ८० करोड डलर विशेष निकासी अधिकार, ४ अर्ब ७९ करोड डलर सुन र ४ अर्ब ४४ करोड डलर आईएमएफ (अन्तर्राष्ट्रिय मुद्रा कोष) रहेको छ । जनवरीको अन्त्यमा दक्षिण कोरिया विश्वको नवौं ठूलो विदेशी मुद्राको भण्डार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७