ममता झालाई उपराष्ट्रपतिमा उठाउने जनमत पार्टीको निर्णय


२६ फाल्गुन २०७९, शुक्रबार
Mamata Jha

काठमाडौं । जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

जनमत पार्टीको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सप्तरीकी ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका नेता बिपी साहले जानकारी दिए । ५३ बर्षीया झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्चार्ज हुन् ।
उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति आफूले पाउनु पर्ने भन्दै उमेर नै नपुगेकी रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७