गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवार हाम्रै बन्ने आशा छ : सीके राउत

‘गठबन्धनमा छलफल हुन्छ, नमिले प्रतिस्पर्धा हुन्छ’


२७ फाल्गुन २०७९, शनिबार
CK Raut1678523905

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउतले उपराष्ट्रपति पदका लागि आफ्नो पार्टीबाट ममता झाको उम्मेदवारी दर्ता भएपछि यस विषयमा गठबन्धनमा छलफल हुने बताएका छन् ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साह समेत १० दलका शीर्ष नेताबीच आज बिहान बालुवाटारमा भएको छलफलले एक जनाको नाममा सहमति गर्न नसकेपछि जसपाबाटै २ जनासहित गठबन्धनका तर्फबाट ३ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारी दर्तापछि राउतले यसअघिको आठ दलीय गठबन्धनको निर्णयअनुसार नै आफूहरुले उम्मेदवारी दिएको उनले बताए । उनले गठबन्धन दलबाट तीन जनाको उम्मेदवारी परेकाले यस विषयमा गठबन्धनमा छलफल हुने बताए ।

राउतले गठबन्धनको निर्णयअनुसार नै आफ्नो पार्टीले उम्मेदवारी दिएको बताए । उनले आफ्नो पार्टीको उम्मेदवारको पक्षमा गठबन्धनमा सहमति हुने दावी गरे । आफ्नो उम्मेदवारमा सहमति नभएको अवस्थामा मित्रवत प्रतिस्पर्धा हुने उनले बताए ।

उपराष्ट्रपति पदका लागि जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उमेदवारी दर्ता गरेकी छन् ।

राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशंकित देखिएको छ । उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ताको समय आज बिहान ९ बजेदेखि २ बजेसम्म तोकेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७