म्यानमारमा सेनाले ३० जना बौद्ध भिक्षुको हत्या गरेको खुलासा


३० फाल्गुन २०७९, मंगलवार
myanmar sena

काठमाडौं । म्यानमारको सैन्य सरकारले ३० जना बौद्ध धर्मावलम्बीको सामुहिक हत्या गरेको आरोप लगाइएको छ ।
सेनाविरुद्ध लडिरहेको सशस्त्र समूह कारेन्नी नेशनलिष्ट डिफेन्स फोर्सले सेनाले ३० जना भन्दा बढीको हत्या गरेको दावी गरेको हो ।

दक्षिणी म्यानमारस्थित शान प्रान्तको बौद्ध बिहारमा शरण लिई बसेकाहरुलाई लाइनबद्ध गरी गोली हानी हत्या गरेको दावी विद्रोही पक्षको छ । सोही समूहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको दृश्यमा अधिकांश बौद्ध भिक्षुका शव रहेका छन् । बिहारमा नरसंहार मच्चाए लगत्तै सेनाले आसपासका गाउँका केही घरहरुमा आगजनी समेत गरको दृश्य सार्वजनिक भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७