विप्लव नेतृत्वको नेकपा र कर्णजित नेतृत्वको नेकपा माओवादी समाजवादीबीच एकता


१ चैत्र २०७९, बुधबार
biplaw

काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच एकता भएको छ । आज (बुधबार) काठमाडौंको प्रज्ञा भवनमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपा र कर्णजीत नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता घोषणा गरेको हो ।

लामो समयपछि तत्कालीन नेपाल कम्युनिष्ट माओवादी टुटफुटपछि आज दुई पार्टीबीच सैद्धान्तिक सहमति भएको हो । नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु आफ्नो उद्देश्य रहेको बताएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी र नेकपा कम्युनिष्ट पार्टी माओवादी समाजवादीको सुस्पष्ट विचार छ कि नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु, नेपाली जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माण गर्नु बाहेक हामीसँग कुनै स्वास्थ छैन । हामी हाम्रो लक्ष्य र विचारप्रति समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं,’ एकतासम्बन्धी प्रेस वक्तव्यमा भनिएको छ । क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध जनयुद्धकालीन मुद्दालाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू एकजुट हुन थालेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७