आज पनि बढ्यो सुन–चाँदीको भाउ, तोलाको कति पुग्यो ?


३ चैत्र २०७९, शुक्रबार
Gold 1

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) पनि सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज चार सय रुपैयाँले बढेर एक लाख सात हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान छ । चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७