लोकतन्त्र, संघीयता र संविधानलाई रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत : सीके राउत


६ चैत्र २०७९, सोमबार
Ck Raut samsad scaled

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्न यसअघि पनि आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको स्मरण बताए ।

‘प्रधानमन्त्री दाहालले जुन प्रकारले सङ्घर्ष गरेर देशमा सङ्घीयता र गणतन्त्र स्थापना गर्नुभयो त्यसको संरक्षण गर्न क्रियाशीलताका साथ लाग्नुहुन्छ भनेर विश्वासको मत दिने निर्णय गरिएको हो’, उनले भने ।

‘हाम्रो पार्टी देशमा स्थायित्वका पक्षमा छ, जनजताको हितको कुरा सोचौँ, गठबन्धनमा रहँदा आपसी असहमति होलान्, त्यसलाई बिर्सिएर सहमतिका साथ अगाडि बढौँ’, उनले भने । उनले पटक–पटक विश्वासको मत लिनु स्थिरताका लागि राम्रो कुरा नभएको भन्दै यस्तो परिस्थिति पटक–पटक नआओस् भनी कामना समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७