‘राजावादी’ भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याजपीडितले गरे नाराबाजी


१४ चैत्र २०७९, मंगलवार
gyanendra

काठमाडौं । मिटर ब्याजीपीडित आज बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् । अहिले उनीहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

सोहीक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही उनीहरूका मागमा समर्थन जनाउन माइतीघर पुगे । उनले पार्टीका तर्फबाट उनीहरूका मागमा ऐक्यबद्धता जनाए । तर, मिटर ब्याजीपीडितले उल्टै उनीविरुद्ध नारा लगाएका छन् । उनीहरूले ‘राजावादीको समर्थन चाहिँदैन’ भन्दै नारा लगाएका हुन् । आफूहरूका समस्यालाई राजनीतिकरण नगर्न उनीहरूले शाहीलाई आग्रह समेत गरेका छन् ।

११ दिन पैदल हिँडेर सोमबार उनीहरू काठमाडौं आइपुगेका थिए । पीडितले सोमबार खुलामञ्च अगाडि प्रदर्शन गरेका थिए । आज बिहानैदेखि पुनः विरोध सुरु गरेका हुन् । उनीहरूले ‘मिटर ब्याजीलाई कारबाही गर’, ‘मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर’ ‘पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गरलगायत प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७