मन्त्रालय टुङ्गो लागेको केहि घण्टामै मन्त्रीको नाम दिन्छौं : एकीकृत समाजवादी


१४ चैत्र २०७९, मंगलवार
jagannath khatiwada
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रालयको टुङ्गो लागेको केहि घण्टामै प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने जनाएको छ । पार्टी कार्यालय तीनकुनेमा आज (मंगलबार) बसेको समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागीताका लागि तीन मन्त्रालयमा दावी गरेको भन्दै मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मात्रै प्रधानमन्त्रीलाई मन्त्रीको नाम बुझाउने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको र मन्त्रालयको टुङ्गो लागे पनि नाम बुझाउने बताए । सीटको बाँडफाँड ढिला भएको कारणले मन्त्रीको नाम दिन नपाएको उनको भनाइ छ ।

त्यस्तै, बैठकले पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्यायी कमिटीका सदस्य चुडामणि जङ्गलीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले मिटर ब्याजविरुद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको खतिवडाले बताए ।

मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न पनि बैठकले माग गरेको खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७