एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने


१५ चैत्र २०७९, बुधबार
Beduram bhusal prakash jwala

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीबाट दुई जना मन्त्री बन्ने पक्का भएको छ । उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने निश्चित भएको एकीकृत समाजवादीका एक पदाधिकारीले जानकारी दिए ।

बुधबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठले भुसाल र ज्वालाको नाम मन्त्रीका रुपमा सिफारिस गर्ने निर्णय लिएको हो । ‘भुसाल शिक्षा मन्त्री बन्ने सम्भावना छ । हामीले मागेको कृषि हो तर, त्यो सम्भावना कम भयो, ती पदाधिकारीले भने, ‘सरकारको नेतृत्व उनैले गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रकाश ज्वाला कमरेडले पाउनु हुनेछ ।’

एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी गरेको छ । तर, सरकारलाई समर्थन गर्ने सबै दललाई सहभागी गराउनु पर्ने भएकोले तीन मन्त्रालय पाउने सम्भावना कम रहेको ती नेता बताउँछन् । ‘तीन वटा पाउनु पर्ने अडानमा छौँ,’ उनले थपे, ‘तर त्यो सम्भावना अहिले देखिएन ।’

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद् विस्तार बिहीबार हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेल सेतो मच्छिन्द्रनाथको रथयात्रा अवलोकनमा जाने भएपछि बिहीबार मात्रै नयाँ मन्त्रीहरुले शपथ लिने भएका छन् ।

गठबन्धनबीच मन्त्रालयको भागवण्डा टुंगो लागिसकेको छ । तर, दलभित्र आन्तरिक रुपमा मन्त्री को पठाउने सहमति जुट्न नसक्दा रोकिएको हो । समाजवादीले गठबन्धन सरकारमा उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दाबी गरेको थियो । तर उसले गठबन्धन सरकारमा अब एउटा राज्यमन्त्री पाउने सम्भावना बलियो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७