खानेपानी मन्त्री खानले प्रधानमन्त्रीलाई बुझाए राजीनामा


१७ चैत्र २०७९, शुक्रबार
abdul khan rajinama HNrVawbYFB

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका हुन् ।

मन्त्री खान डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट सरकारमा सामेल भएका थिए । सरकार विस्तारका लागि भागबण्डामा जनमत पार्टी असन्तुष्ट बनेको छ । मन्त्री खानले उद्योग मन्त्री मागेका थिए । उद्योग मन्त्रालय कांग्रेसको भागमा परेपछि उनले राजीनामा दिएका हुन् । प्रचण्डले हाललाई खानेपानी मन्त्रालयमा रहन र पछि मिलाउने भनेर आश्वासन दिएका थिए। योसँगै जनमत संघीय सरकारबाट बाहिरिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७