‘श्रमाटन’ पुस्तकको अंग्रेजी संस्करण विमोचन


१८ चैत्र २०७९, शनिबार
sram

काठमाडौं । लेखक बीएन जोशीद्वारा लिखित ‘श्रमाटन’ पुस्तकको अङ्ग्रेजी संस्करण विमोचन गरिएको छ । ‘ह्वाइट लोटस सप’ द्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रसाद शर्माले पुस्तक विमोचन गरे ।

महामन्त्री शर्माले वैदेशिक रोजगारीमा गएका युवाहरुको पीडाको यर्थाथलाई समेटेर लेखकले लाखौँ श्रमिकको प्रतिनिधित्व गरेको बताए । ‘राज्यले नीति क्षेत्रसँग सहकार्य गरी मुलुकमा रोजगारी उत्पादनमा पहल गर्नुपर्छ । विप्रेषणलाई उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्छ’, उनले भने । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले भने अनुसारको तलब, काम, बीमा, पारिवारिक संरक्षणको सुनिश्चिता गर्नु सरकारको प्रमुख कर्तव्य रहेको उनको भनाइ छ ।

लेखक बीएन जोशीले २५ वर्षअघिका घटना पुस्तकमा समेटिएको बताए । ‘पाइलैपिच्छे मृत्युसँग लडेर वैदेशिक रोजगारीमा पुग्ने नेपाली युवाहरुको त्रासद जीवनगाथा हो, श्रमाटन । यसमा सन् ९० को दशकमा परदेश भौँतारिदा बेहोरेका तीता–मीठा घटनाजन्य अनुभूति समेटिएको छ’, लेखक जोशीले भने ।

कार्यक्रममा पूर्व संयुक्त राष्ट्रसङ्घ महिला अधिकारी सरु जोशी श्रेष्ठले श्रमिकहरु अनौपचारिक माध्यमबाट विदेश जान बाध्य भएको बताइन् । उनले श्रमिकले भोगेका पीडालाई लेखकले न्यायोचित ढङ्गले पुस्तकमा उतारेको बताइन् ।

साहित्यकार श्यामलले विदेशिएका नेपालीको यर्थाथलाई शब्दको माध्यमबाट लेखकले सरकारलाई जिम्मेवार बनाएको जनाए । श्रमाटन पुस्तकका अङ्ग्रेजी अनुवादक अरुण बुढाथोकीले नेपाललगायत अन्य मुलुकबाट विदेशिएका नागरिकले भोग्नुपरेको यर्थाथलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनका अङ्ग्रेजी संस्करणमा ल्याइएको भनाइ व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७