मेयर शाहको अर्काे आक्रोश : सरकारको कुनै इज्जत गर्दिनँ


२५ चैत्र २०७९, शनिबार
Prachanda balen scaled
फाइल फोटो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले नेताहरूपछि वर्तमान सरकारप्रति पनि आक्रोश पोखेका छन् ।

फेसबुकमा ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चीकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ’ लेखेको एक घण्टापछि मेयर शाहले प्रचण्ड नेतृत्वको सरकारलाई आफूले इज्जत नगर्ने स्टाटस लेखेका हुन् ।

उनले वर्तमान सरकार भारत र चीनले बनाएको आरोप पनि लगाएका छन् । ‘इण्डिया र चाइनाले बनाको सरकारको कुनै इज्जत गर्दिनँ म’, उनले आक्रोश पोख्दै प्रश्न गरेका छन्, ‘नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७