म्यानमारको सागिङ क्षेत्रमा सेनाको हवाई आक्रमण : ५३ जना मारिए


२८ चैत्र २०७९, मंगलवार
myanmar army XzjNikQ4kp
तस्वीर : एजेन्सी

काठमाडौं । म्यानमारमा जारी गृहयुद्धमा सेनाले गरेको हवाई आक्रमणमा ५३ जनाको ज्यान गएको छ । सैन्य सरकारको विरोध गर्ने सागिङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर आक्रमण भएको हो ।

आक्रमणमा परि कम्तीमा १५ जना महिला र कैयौं बालबालिकाको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका बीबीसीको खबरमा उल्लेख छ । तर मृतकको संख्या भने पुष्टि भइसकेको छैन ।

सन् २०२१ मा सत्तामा आएदेखि सेनाले आफ्ना विरोधीहरूविरुद्ध हवाई आक्रमण गरिरहेको छ । सागिङका समुदायले म्यानमारमा सैन्य शासनको चर्को विरोध गर्दै आएको छ । उनीहरूले छुट्टै फौज बनाएका छन् । साथै आफ्नै विद्यालय तथा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरिरहेका छन् ।

म्यान्मारमा जारी गृहयुद्धमा हजारौं मानिसको ज्यान गइसकेको छ भने १४ लाख मानिस विस्थापित भएका छन् । अहिले म्यानमारको झण्डै एक तिहाइ जनसंख्यालाई मानवीय सहायता आवश्यक रहेको राष्ट्र सङ्घले बताएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७