रौतहटको गरुडामा झडप : प्रहरीद्वारा हवाई फायर, ६ प्रहरीसहित सात जना घाइते


२९ चैत्र २०७९, बुधबार
jhadap2023 04 12 03 50 36

रौतहट । रौतहटको गरूडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा परेर ६ जना प्रहरीसहित ७ जना घाइते भएका छन् । नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजिएपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहीले ११ राउण्ड हवाईफायर गर्नुको साथै पाँच राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

झडपमा परेर गरुडा–५ का गजेन्द्र साह गम्भीर घाइते भएका प्रहरीले जानकारी दिएको छ । प्रदर्शनकारीले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले हवाई फायर र अश्रृग्यास प्रहार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७