नयाँ वर्ष मनाउन एकैपल्ट आए १८१ चिनियाँ पर्यटक, मन्त्री किरातीले गरे स्वागत (तस्वीरहरु)


३० चैत्र २०७९, बिहीबार
3
तस्वीरहरु : मन्त्री किरातीको फेसबुकबाट

काठमाडौं । नयाँ बर्ष मनाउन जहाज नै चार्टर्ड गरेर १८१ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । चिनियाँ नागरिकहरू नेपाली नयाँ वर्ष मनाउन हिमालयन एयरलाइन्स चार्टर्ड गरेर नेपाल आएका हुन् ।

1 2

चिनियाँ नागरिकहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। पर्यटकहरूलाई पञ्चेबाजाले समेत स्वागत गरिएको थियो ।

2 1

कोभिड महामारीपछि चिनियाँ पर्यटकको आवमगन सबैभन्दा कम रहेकामा अब आउन थालेका हुन् । ‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताका तर्फबाट भव्य स्वागत गरियो’, पर्यटन मन्त्रीले उल्लेख गरेका छन्, ‘भोलिदेखि नयाँ वर्ष मात्र होइन, नयाँ दशक प्रारम्भ हुँदै छ। मलाई विश्वास छ, यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्ने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७