बायर्न म्युनिख होफेनहाइनसँग बराबरीमा रोकियो


३ बैशाख २०८०, आईतवार

काठमाडौँ । जर्मन बुन्डेस लिगाको उपाधि रक्षामा रहेको बायर्न म्युनिख १८९९ होफेनहाइनसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बायर्न होफेनहाइनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको पहिलो हाफमा १–० ले अग्रता बनाएको बायर्न ले दोस्रो हाफमा गोल खाँदै अंक बाँड्न बाध्य भयो । खेलको १७ औं मिनेटमा बेन्जामिन पाभार्डको गोलमा बायर्नले सुरुवाती अग्रता बनाएको थियो । तर ७१औं मिनेटमा क्रामारिचको फ्रिकिक गोलमा गोल गर्दै होफेनहाइनलाई बराबरीमा ल्याए ।

गए राति कै अर्को खेकामा बोरुसिया डर्टमुन्ट स्टुटगार्टसँग ३–३ गोलको बराबरीमा रोकिएको छ । आरबी लाइपजिगले अग्सवर्गलाई ३–२ ले हराएको छ । बराबरीसँगै शीर्ष स्थानको बायर्न को २८ खेलबाट ५९ अंक छ । समान खेलबाट डर्टमुन्डको ५७ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७