मेयर बालेनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


५ बैशाख २०८०, मंगलवार
Balen sha 1

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको रिटमा आज (मंगलबार) सुनुवाइ हुँदैछ ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतलनिवासको फोहोर नउठाएको भन्दै सोमबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले रिट दायर गरेका हुन् ।
आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरको भएको रिटमा उल्लेख छ । तत्काल फोहोर संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजानुपर्ने र नियमित उक्त कार्य गर्नुपर्ने रिटमा माग गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७