मिटर ब्याजपीडित र हरुवाचरुवाको माग सम्बोधन नगरे हामी सडक संघर्षमा जान्छौँ : लिङ्देन


५ बैशाख २०८०, मंगलवार
Rajendra lingden scaled
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजपीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले उनीहरूका माग तत्काल पूरा नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिए । उनले मिटरब्याजपीडितहरूको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि हिजो (सोमबार) निर्मम ढंगले आक्रमण गरेको बताए ।

सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको उनको भनाइ थियो । उनले भने, ‘हामी भन्न चाहन्छौँ कि सरकारले मिटर ब्याजपीडितहरू र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरू जो पुनर्स्थापनाको काम गरिराखेका छन् । उनीहरूको मागलाई सरकारले समयमै सम्बोधन गरोस् । अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक संघर्षमा जाने घोषणा समेत गर्न चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७