सीके राउतको आरोप : बारा–२ मा बुथ कब्जाको प्रयास हुँदैछ


१० बैशाख २०८०, आईतवार
ck raut

बारा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवका कार्यकर्ताले बुथ कब्जा गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतले आरोप लगाएका छन् । मतदान केन्द्र घुम्न निस्केका राउतले जसपाले दुई वटा स्थानमा बुथ कब्जा गरेको आरोप लगाएका हुन् ।

उनले बाराका पचरौता नगरपालिका बेलडाडी र देबताल झिपकैया बुथमाबुथ कब्जा गरेको बताए । दुई वटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिइएको उनले बताए । बारा क्षेत्र नं २ मा यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादव उठेका छन् । उनको प्रतिस्पर्धीमा जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेल मुख्य रहेका छन् ।

यो स्थानमा यादवलाई कुशवाहाले हराउन सक्ने सम्भावना बलियो छ । यो निर्वाचन यादवको लागि प्रतिष्ठाको विषय बनेको छ । यसअघि मंसिर ४ को निर्वाचन राउतसँग हारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७