चार महिनामा तीन लाख पर्यटक नेपाल भित्रिए : अप्रिलमा मात्रै ९८ हजार


१९ बैशाख २०८०, मंगलवार
Tourist tracking
फाइल फोटो

काठमाडौं । गत चार महिनामा नेपालमा तीन लाख २६ हजार बढी पर्यटक भित्रिएका छन् । पर्यटन वोर्डको तथ्यांक अनुसार सन् २०२३ को जनवरीदेखि अप्रिलसम्ममा तीन लाख २६ हजार ५२८ पर्यटक नेपाल आएका हुन् ।

जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ जना र अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक हवाईमार्गबाट नेपाल आएको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार कोरोना महामारी पछि सबैभन्दा बढी पर्यटक आएका हुन् । भारतबाट सबैभन्दा धेरै ३१ हजार ४३७ पर्यटन नेपाल आएका छन् ।

यस्तै, यूएसबाट आठ हजार ४१३, यूकेबाट पाँच हजार ४०९, चीनबाट चार हजार ७७०, अष्टे«लियाबाट तीन हजार २, जर्मनीबाट तीन हजार ३४६ , फ्रान्सबाट तीन हजार २११, रुसबाट दुई हजार ६७३, बंगलादेशबाट तीन हजार २१७ र थाइल्याण्डबाट तीन हजार १०२ पर्यटन नेपाल आएका छन् ।

सन् २०१९ को अप्रिलमा एक लाख ९ हजार ३९९ पर्यटक नेपाल आएका थिए । यसको तुलानामा अप्रिल महिनामा पर्यटक आवागमन ९०.२८ प्रतिशतले पुनरुत्थान भएको हो । विभागको तथ्यांकअनुसार २०२२ को अप्रिलमा ६१ हजार ५८९ र २०२१ को अप्रिलमा २२ हजार ७३२ पर्यटक नेपाल आएका थिए । २०२० को अप्रिलमा १४ जना पर्यटक नेपालमा आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७