कार्यालयको विज्ञापन बोर्ड फेर्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु, दुई जना घाइते


२१ बैशाख २०८०, बिहीबार
current

दाङ । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । करेन्ट लागेर रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२ घर भइ दाङको तुलसीपुर बस्दै आएका २८ वर्षीय महेश विकको ज्यान गएको हो । तुलसीपुर उपमहागरपालिका–६ मा रहेको आफ्नो कार्यालयको विज्ञापन बोर्ड फेर्ने क्रममा विकलाई करेन्ट लागेको थियो ।

विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा गए राति ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । विक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए । यस्तै, करेन्ट लागेर पुथा–१२ कक्सेरा फल्नेका १६ वर्षीय अर्जुन विक र भूमे गाउँपालिका–४ काँडाकी १८ वर्षीया मोनिका विक घाइते भएका छन् ।

पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ जडान गर्न लाग्दा उनीहरुलाई करेन्ट लागेको हो । घाइते दुवैलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७