नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै संलग्नता छैन : पूर्व गृहमन्त्री खाँण


२३ बैशाख २०८०, शनिबार
Bal Krishna Khand

काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहको एकपछि अर्को गर्दै पर्दाफाँस हुँदै गर्दा उनको पनि नाम गाँसिन पुगेको छ । यस प्रकरणमा मन्त्रालयको सचिव परिवर्तन गरी आफू अनुकूल व्यक्तिलाई ल्याएको एवं पक्राउ परेका धेरैसँग उठवस रहेको आरोप पनि उनीमाथि लगाइएको छ ।

तर शनिबार एक विज्ञप्ति जारी गर्दै नेता खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू संलग्न नरहेको स्वष्टीकरण दिएका छन् । उनले आफ्नो चरित्रहत्या गर्ने काम नगर्न पनि विज्ञप्तिमार्फत नै आग्रह गरेका छन् । खाँणले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्र हत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनु हुन अनुरोध छ ।’

उक्त प्रकरणमा केही दिनअघि नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री भएका बेला सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरिसकेको छ भने टोपबहादुरलाई पनि पक्राउ गर्न प्रहरीले खोजिरहेको छ । यस्तै तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनीहरू हाल फरार छन् ।

Khad Bigyapti

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७