प्रतिनिधि सभामा अब ई–हाजिरी, सांसदको उपस्थितिलाई वेबसाइटमा राखिने


२४ बैशाख २०८०, आईतवार
Madhav sapkota samsad scaled

काठमाडौँ । प्रतिनिधि सभामा सांसदहरु गयल हुने क्रम बढेपछि डिजिटल उपस्थिति अर्थात् ई–हाजिरीको तयारी सुरु भएको छ । सांसदहरुको ई–हाजिरी सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा छलफल भएको हो । बैठकमा ई–हाजिरी सुरु गर्ने र सांसदहरुको उपस्थिति वेबसाइटमार्फत् सार्वजनिक गर्नेबारेमा छलफल भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले संसदमा सांसदहरुको उपस्थिति कमजोर रहेको र सांसदहरु तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेकाले अब ई–हाजिरीको विकल्प नभएको बताएका छन् । दल तथा सांसदहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि पनि सभामुखले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७