पक्राउ गरिएका पूर्व गृहमन्त्री खाँणलाई प्रहरी परिसर टेकु लगियो

हालसम्म १२ जना पक्राउ


२७ बैशाख २०८०, बुधबार
balkrishna khand
फाइल फोटो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई टेकु लगिएको छ । उनलाई बिहान निवासबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी परिसरका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका खाँणलाई आजै म्याद थप गरेर अनुसन्धान अघि बढाउन लागिएको प्रहरीले जनाएको छ । उनलाई चाबहिलस्थित उनकै निवासबाट पक्राउ गरेर अपराध महाशाखा बानेश्वर लगिएको थियो । त्यहाँ सामान्य सोधपुछपछि उनलाई काठमाडौं प्रहरी परिसर लगिएको हो ।

प्रहरीले खाँणसँगै उनका निजी नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिएको छ । उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन् । योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७