सिंहदरबारमा प्रचण्ड, ओली र देउवाबीच छलफल


२७ बैशाख २०८०, बुधबार
prachanda oli deuwa
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच अहिले छलफल जारी छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूबीच अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा छलफल केन्द्रित छ । उनीहरूबीच मंगलबार पनि छलफल भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणलाई प्रहरीले बुधबार उनकै निवासबाट पक्राउ गरेपछि तीन नेता जुटेका हुन् ।

यस्तै एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । तर, गत वैशाख २० गतेयता उनी फरार छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने काममा कांग्रेस र एमालेसहितका नेताहरु पक्राउ पर्न थालेपछि अहिले शीर्ष तीन नेता छलफलमा जुटेका हुन् । बुधबार दिउँसो एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७