बालकृष्ण खाँणलाई जिल्ला अदालत लगियो


२७ बैशाख २०८०, बुधबार
Balkrishna1683710767

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थमाउन काठमाडौं जिल्ला अदालत काठमाडौं लगिएको छ ।

जरुरी पक्राउ पुर्जी जारी गर्दै खाँणलाई आज बिहानै पक्राउ गरिएको थियो । खाँणलाई अहिले सरकारी वकिल कार्यालयमा पेस गरी अदालत लगिएको हो । खाँणसँग पाँच घण्टा लामो बयानपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको थियो ।

बुधबार बिहान चाबहिल मैजुबहालबाट पक्राउ परेका उनलाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंमा पाँच घण्टासम्म बयान लिएपछि प्रहरीले खाँण र उनका सहयोगी नरेन्द्र केसीलाई स्वास्थ्य परीक्षणका लागि लगिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७