सभामुखले सुनाए टोपबहादुर रायमाझी पक्राउ परेको सूचना


१ जेष्ठ २०८०, सोमबार
devraj ghimire savamukha YGbZRldrqc

काठमाडौँ । नेपाल प्रहरीले सङ्घीय संसद् सचिवालयलाई नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी गराएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आज सोमवार सभामुख देवराज घिमिरेलाई पत्र पठाएर नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको खुल्न आएकाले रायमाझीलाई हिजो आइतवार पक्राउ गरेर हिरासतमा राखिएको जानकारी गराएको हो । कुनै पनि सांसदलाई पक्राउ गरेको जानकारी प्रहरीले प्रतिनिधि सभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ ।

प्रहरीले सांसद पक्राउ परेको विषय संसद्लाई जानकारी गराएसँगै अब टोपबहादुर रायमाझीको पद निलम्बनमा पर्ने भएको छ । सभामुखले नियमावलीअनुसार संसद् बैठकमा रायमाझीको पद निलम्बनमा परेको सुनाउने छन् । नेकपा एमालेका सचिव समेत रहेका रायमाझी अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् । पक्राउ पुर्जी जारी भएको ११ औं दिनमा रायमाझी हिजो पक्राउ परेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७