सरकारी वकिलको कार्यालयमा टोपबहादुरको बयानको तयारी


१ जेष्ठ २०८०, सोमबार
top bahadur

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान थालिएको छ । सोमबर साँझ ६ बजेसम्म सरकारी वकिलकहाँ उनको बयान चल्ने छ ।

जिल्ला अदालत काठमाडौंबाट तीन म्याद थप भएपछि बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा ल्याएर रायमाझीको बयान थालिएको हो । गत मंसिरको चुनावमा अर्घाखाँचीबाट विजयी भएका रायमाझीलाई आइतवार राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरिएको थियो ।

अदालतमा उपस्थित गराएर हिरासतमा राख्न तीन दिनको समय लिएपछि प्रहरी सरकारी वकिलको कार्यालयमा हाजिर गराएर बयान थाल्न लागेको हो ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी गत वैशाख २० गतेदेखि फरार थिए । तर उनका छोरा सन्दीप वैशाख २० मै पक्राउ परेर अहिले हिरासतमै छन् । यस्तै पूर्वगृहन्त्री बालकृष्ण खाँणको बयान भने रोकिएको छ । पेटमा समस्या भएको बताएपछि बयानका लागि सरकारी वकिलको कार्यालय लगिएका उनलाई अहिले जिल्ला प्रहरी परिसरमै फिर्ता गरिएको छ । उनको बयान भोलि हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७