पूर्व सांसद आङ्टावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण


१ जेष्ठ २०८०, सोमबार
angtawa shrepa 1200x560 1

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार पूर्व सांसद आङ्टावा शेर्पाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

शेर्पाले सोमबार साझ ६ बजे जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर आत्मसमर्पण गरेका हुन् । आइतबार जिल्ला अदालत काठमाडौँले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी पक्राउ भने परेका थिएनन् ।

शेर्पाले अमेरिका पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका सानु भण्डारीलाई भेटेको आरोप लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७