बालकृष्ण खाँणको बयान आज पनि


२ जेष्ठ २०८०, मंगलवार
Bal krishna

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान आज (मंगलबार) पनि हुँदैछ ।

गत वैशाख २७ गते पक्राउ परेका खाँणको बयान हिजो सोमबारबाट सुरु भएको थियो । सोमबार सरकारी वकिलको कार्यालयमा पु¥याइएकोमा बयान नसकिएपछि आज पनि बयान हुन लागेको हो ।

शरणार्थी प्रकरणमा मुछिएसँगै खाँणले आफ्नो मोबाइल फोन फरम्याट गरेका थिए । उनको मोबाइलको डाटा रिकभर हुनका लागि समय लागे पछि हिजो सोमबारबाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ । शरणार्थी प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफनो बयानको क्रममा तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर एक करोड ४६ लाख रुपैयाँ बुझाएको बताएका थिए ।

यस्तै प्रकरणमा पक्राउ परेका तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले पनि खाँणको निर्देशनमा आफूले काम कारबाही अघि बढाएको बयान दिएपछि प्रहरीले खाँणलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७