प्रहरी हिरासतमै आङ्टावा शेर्पाको टाउकोमा गम्भिर चोट


२ जेष्ठ २०८०, मंगलवार
Angtava Sherpa16840390571684210378

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाको टाउकोमा गम्भिर चोट लागेको छ । टाउकोमा चोट लागेपछि प्रहरीले मंगलबार बिहान ४ बजे शेर्पालाई ट्रमा सेन्टर लगेको थियो । ट्रमा सेन्टरमा उपचारपछि शर्पालाई हिरासतमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

शेर्पाको टाउकोमा घाउ लागेका कारण टाँका लगाइएको छ । शेर्पाले सोमबार साँझ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेका थिए । त्यसपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं, टेकुको हिरासतमा राखिएको थियो ।

प्रहरी परिसर काठमाडौंको हिरासतमै रहेका बेला शेर्पाको टाउकामा गम्भीर चोट देखिएको हो । प्रहरीले भने शौचालयमा लडेका कारण लामाको टाउकोमा चोट लागेको बताएको छ । ‘उहाँ (शेर्पा) शौचालयमा लडेको हो । शौचालयमा लडेपछि टाउकोमा चोट लागेका कारण अस्पताल लगिएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने ।

भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता देखिएपछि प्रहरीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुसँग पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि अनुन्धानका लागि पक्राउ पूर्जी जारी भएको थियो ।

उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिइएको थियो । पक्राउ पूर्जी जारी भएलगत्तै उनी मोबाइल अफ गरेर सम्पर्कविहीन भएका थिए । यो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७