पूर्व सांसद आङटावा शेर्पालाई दुई दिन थुनामा राख्न अनुमति


२ जेष्ठ २०८०, मंगलवार
Angtava Sherpa16840390571684210378

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सांसद आङटावा शेर्पालाई थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
दुई दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । गत शुक्रबार पक्राउ पुर्जी जारी भएपछि शेर्पा सोमबार आफैं प्रहरी कार्यालय पुगेका थिए ।

२०७० सालको संविधानसभा निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका थिए । शेर्पाले कांग्रेस नेता बालकृष्ण खाँणलाई जोगाउन बयान प्रभावित पार्ने प्रयास गरेको आरोप छ । उनलाई मतियारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७