रेशम चौधरीकाे रिहाइका लागि अर्को विकल्पको खोजिमा छौं : अध्यक्ष नेपाल


६ जेष्ठ २०८०, शनिबार
Madhav nepal 1 scaled
फाइल फोटो

जनकपुर । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्व सांसद रेशम चौधरीको रिहाइका लागि अर्को विकल्प खोजी भइरहेको बताएका छन् ।

आज (शनिबार) जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपालले चौधरीको रिहाइका लागि सत्ता गठबन्धनमा भइरहेको जानकारी दिए । जिल्ला र उच्च अदालतको फैसलालाई सदर गर्दै सर्वोच्च अदालतले चौधरीलाई दोषी ठहर गरेको छ । टीकापुर घटनामा दोषी ठहर भएका चौधरीलाई जन्मकैदको सजाय सुनाइएको छ ।

‘अदालतले निर्दोष सावित गर्ला भन्ने सोचेका थियौं, तर त्यस्तो भएन’, नेपालले भने, ‘सर्वोच्च अदालतले दोषी सावित गरिसकेको छ, हामी त्यसबाहेकका विकल्पको खोजीमा छौं ।’ टीकापुर घटनामा चौधरी संलग्न नरहेको नेपालको भनाइ थियो । ‘रेशमजी टीकापुर घटनामा सहभागी पनि हुनु हुन्न थियो, त्यसैले उहाँको रिहाई हुनुपर्छ’, उनले भने ।

अध्यक्ष नेपालले अहिलेको राष्ट्रिय समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । ‘सरकार मुलुकमा सुशासन कायम गर्नका लागि कदमहरू उठाइरहेको छ । यो राम्रो विषय हो’, नेपालले भने ।

सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राम्रो भएको उनले बताए । नेपालले थपे, ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७