माधव नेपालको चेतावनी : हामीले चाहे सरकार ढाल्न सक्छौं


६ जेष्ठ २०८०, शनिबार
madhav nepal
फाइल फोटो

सिन्धुली । सत्तारुढ नेकपा एकीकृत समाजवादीकाअध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्न सक्ने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले संसदमा सिट संख्या कम भनेर आफूहरुलाई कम नआक्न पनि चेतावनी दिएका छन् ।

आज (शनिबार) सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गरे । थोरै सिट भनेर नहेप्न उनले सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् ।

नेकपा एमालेलाई लक्षित गर्दै अध्यक्ष नेपालले धेरै सिट हुनेहरुको सरकार प्रदेससभामा भकाभक ढलेको भन्दै कटाक्ष समेत गरेका थिए । बढी सिट भएर मात्र नहुने भन्दै उनले टिकाउन नसक्नेले धेरै ‘फुइँ हाँक्न नहुने’ तर्क गरे । एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले ‘मुर्ख राजा’ को कथा सुनाएर कटाक्ष गरेका थिए ।

‘मैले जे गरे पनि हुन्छ’ भन्ने ’मुर्ख राजा’ जस्तै ओली अहंकारी र घमण्डी भएकाले आफूहरुले विद्रोह गर्नुपरेको उनले बताएका थिए । नचाहिने काममा फजुल खर्च गर्ने, गर्नुपर्नेमा नगर्ने, आफूहरुले जे गरे पनि ठिक र त्यसको स्तुति गान गाउनु पर्ने भएकाले एमालेबाट विद्रोह गर्न आफूहरु बाध्य भएको अध्यक्ष नेपालको भनाइ थियो ।

पानीजहाज, भ्यू टावर नेपालको आवश्यकता नभएको तर्क गर्नै वर्तमान गठबन्धनको सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले आशा जगाएको बताएका थिए । एकीकृत समाजवादी स्थापना भएको दुई वर्ष मात्र भएकाले आकार ठूलो जस्तो नदेखिए पनि देशभर संगठन फैलँदै गएको उनको जिकिर थियो । तर आफूहरूकै कमजोरीले गर्दा राष्ट्रिय पार्टी बन्न नसकेकोमा उनले आत्मालोचना समेत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७