शरणार्थी प्रकरणबारे ओली : रोक्न सकिँदैनथ्यो, भुइँचालो आफै आयो

‘आलो छोप्न सकिन्छ, धुँवा छोप्न सकिंदैन’


७ जेष्ठ २०८०, आईतवार
Kp oli samsad scaled

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण थेग्न नसक्ने भएपछि आफै बाहिर आएको बताएका छन् ।

आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैले बाघ मारे जस्तो हल्ला गरिरहेको टिप्पणी गरे । उनले सरकारले जुँगामा ताउ लगाउन आवश्यक नरहेको बताए । ओलीले गएको जेठमा नै कारबाहीको उजुरी परेको भन्दै किन गुपचुप राखिएको ? भन्ने प्रश्न गरे । उनले भुटानी शरणार्थी प्रकरण पचाउन नसक्ने भएपछि आफै विष्फोट भएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यसअघि जेठ २९ मा परेको निवेदनमा पक्राउ परेकाहरूलाई किन छोडियो ? भन्दै प्रश्न गरे । उनले भने, ‘पुलिसले छोडेको होइन । छोड्न बाध्य बनाइयो । ढाकछोप गर्ने दुष्साहस नगरियोस् ।’ ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण थेग्न नसक्ने भएपछि आफैं बाहिर आएको बताए । ‘गएको जेठमा नै कारबाहीको उजुरी परेको भन्दै किन गुपचुप राखिएको ?’ ओलीले प्रश्न गर्दै भने, ‘भुटानी शरणार्थी प्रकरण आफैं विस्फोट भएर आयो, भुइँचालो आफैं आयो, यो रोक्न सकिदैनथ्यो,छेक्न सकिदैनथ्यो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री,पूर्वगृहमन्त्रीदेखि बहालवाला सचिव गरी १६ जना पक्राउ परिसकेका छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण,सचिव टेकनारायण पाण्डे,पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलगायत १६ जना प्रहरी हिरासतमा छन् । पक्राउ परेकामाथि ५५ दिन अनुसन्धान गरेर प्रहरीले आजै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । पक्राउ परेकाहरूले ५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप छ ।

‘आफै विष्फोट भएर आयो । भुइँचालो आफै आयो । यो रोक्न सकिँदैनथ्यो । छेक्न सकिँदैनथ्यो’, ओलीले भने । उनले नक्कली शरणार्थी प्रकरणमा नियतबस कसैलाई जोगाउने र फसाउने नियत देखिएको आरोप लगाए । उनले अझै पनि यो प्रकरण बढेर जाने बताए । उनले भने, ‘आलो छोप्न सकिन्छ, धुँवा छोप्न सकिंदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७