आङटावाविरुद्ध प्रहरीमा पाँच जनाको जाहेरी


७ जेष्ठ २०८०, आईतवार
Aangtawa sherpa

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका आङटावा शेर्पाविरुद्ध पाँच जनाले प्रहरीमा किटानी जाहेरी दिएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर शेर्पाले जनही ६-६ लाख रुपैयाँ लिएको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।

यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम जोडिएपछि यसअघि नै पक्राउ परेका केशव दुलाल र सानु भण्डारीलाई शेर्पाले प्रहरी हिरासतमा भेटेका थिए । खाँणको कनेक्सनबारे नबताउन शेर्पाले दुलाल र भण्डारीलाई सुझाव दिए लगत्तै उनी फरार भएका थिए । पछि जेठ १मा प्रहरीमा आत्मसमर्पण गरेका शेर्पाविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार उजुरी उपर अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर अन्तिम समयमा पाँच वटा जाहेरी आएको प्रहरी स्रोतको भनाइ छ । शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७